धनगढी। धनगढीको एक पोल्टी फर्ममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–११ मा रहेको पोल्टी फर्ममा आगलागी हुँदा पोल्टी फर्म जलेर नष्ट भएको छ।
धनगढी वडा नम्बर ११ का डम्बरबहादुर बोगटीको विशाल पोल्टी फर्म जलेर नष्ट भएको प्रहरीले जनाएको छ। करेन्ट सर्ट भई बुधबार राति आगलागी भएको हो । आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।


