धनगढी। धनगढीमा न्यू इयर इभ २०८० हुने भएको छ । धनगढीको सौराइ स्क्वायर र रक स्टारको आयोजनामा चैत ३० गते उक्त इभ हुन लागेको हो ।उक्त इभमा गायक टंक तिमिल्सिना र डिजेमा नेहा रहेकी छिन् ।त्यस्तै उक्त इभमा कोपिला सिंह, रमेश बिजुली बिसि, मनिषा सिंह, सदिच्छा चौधरी, प्रियंका कुवँर र सरु सानी लगायतका गायक तथा मोडेल रहने आयोजकले जनाएको छ।
उक्त कार्यक्रम धनगढी ४ चटकपुरमा रहेको सौराई स्क्वायरमा चैत ३० गते साझ ६ बजेबाट राती १२ बजेसम्म चल्ने भएको छ । यसपटक धनगढीमा आफूले मात्रै उक्त न्यू इयर इभ गरिराखेको आयोजकले जनाएको छ । त्यस्तै उक्त कार्यक्रमको प्रायोजकमा नेपाल आइस, सेतो बाघ भोड्का, द हिमालयन रिजर्भ, क्यानभास, म्याक्स टाइगर, अनुपमा बेकरी, लीप, रियल फ्रुट, नयाँ सन्देश, वल्ड लिंक, डीजे म्याक्स, कल ट्वान्टी फोर न्यूज, डीजे सुरज र ओम सुरेन्द्र किराना रहेका छन् । कार्यक्रममा प्रति व्यक्ति एक हजार रुपैयाँ टिकट रहेको र उक्त टिकटमा खानाको पनि व्यस्तता रहने आयोजकले जनाएको छ ।


