अछाम। अछाममा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। बसको ठक्करबाट घाइते भएका अछाम साँफेबगर नगरपालिका वडा नम्बर ३ का हेमराज कुँवरको उपचारका क्रममा काठमाडौंमा शुक्रवार मृत्यु भएको हो।
घाइते भएका कुँवरको मृत्यु भएपछि मृतकका परिवारले जिल्लाको यातायात बन्द र टायर बालेर विरोध गरेको अछाम प्रहरीले जनाएको छ। कुँवरका आफ्न्तले बस समितिको काउण्टरमासमेत तोडफोड गरेका छन्।
चैत्र १९ गते सुपप्र ०१–००१ ख ३१५४ नम्बरको बसले बुँवर सवार सु.प.प्र ०१–००९ प ६५८४ नम्बरको मोटरसाइकललाई साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै ठक्कर दिएको थियो। बसका चालकलाई कार्बाही र मतकका परिवारलाई क्षतिपूर्तीको काम गर्दै आफ्नले आन्दोलन गरेका हुन्। बसका धनी र बसको चालक सम्पर्कमा नआएको उनीहरुको आरो छ। अछाम प्रहरीले सो बिषयमा छलफल गर्ने जनाएको छ।

