धनगढी। कैलालीमा ३३ ग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्। शुक्रबार कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ चर्राबाट लागुऔषध खैरो हेरोईनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो। ३३ ग्राम लागुऔषध (खैरो हिरोईन)सहित सोही ठाउँका २३ बर्षीय ईन्द्र बहादुर कठरियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय भजनी कैलालीबाट प्रहरी निरीक्षक मान सिंह ऐरीको कमाण्डमा खटिएको गस्ती टोली र आरआईटिको संयुक्त प्रहरी गस्ती टोलीले संका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त लागुऔषध (खैरो हिरोईन) बरामद गरेको हो । लागुऔषधसहितपक्राउ परेका कठरियालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।


