कैलाली। कैलालीका २ वटा इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ। जिल्लाको लम्की–चुहा नगरपालिका–९ प्रतापपुरमा दुई इलेक्ट्रोनिक पसलमा आगलागी भएको हो। ३६ वर्षीय जितबहादुर चौधरीको इलेक्ट्रोनिक पसलमा विद्युत सर्ट भई आइतबाराति आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागी हुँदा पसलमा राखेको से ३ प ९२४७ नम्बरको मोटरसाइकल र सोही ठाउँका नवराज चौलागाईको मोबाईल ग्यालरी समेत जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

