मुगु। कर्णाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुगु छायानाथ रारा नगरपालिका–१३ रुगाका ४६ वर्षीय मान बहादुर लावड रहेका छन्। उनी कर्णाली नदीमा बालुवा लिन गएका थिए।
त्यही अवस्थामा पानी खान जाने क्रममा चिप्लिएर नदीमा डुबेको प्रहरीले जनाएको छ। नदीमा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए भने उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको मुगु प्रहरीले जनाएको छ।


