कैलाली। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका सांसदलाई प्रशिक्षण दिइएको छ। आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका सांसदलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइएको हो।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूको उपस्थिति रहेको छ। केन्द्रको ८ दलीय गठबन्धनको निर्णय अनुसार आज कैलालीको गोदावरीस्थित शालिनी बाटिकामा सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। सत्ता गठबन्धनका कांग्रेस, माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरू उपस्थिती रहेको बताइएको छ। राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गराउन सांसदहरूलाई प्रशिक्षण भएको छ।

