धनगढी। कैलालीको धनगढीस्थीत शाखा बैंकहरुमा तालाबन्दी गरिएको छ। कैलालीका उद्योगी व्यवसायीहरुले धनगढीका बैंक शाखाहरुमा तालाबन्दी गरेका हुन्। बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरीएको ब्यवसायी लोकेन्द्र लम्सालले बताए।
बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, जम्मा, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका छन्। उद्योगी व्यवसायीहरुले व्यवसायीमाथिको आतङ्क बन्द गर, बैङ्कको ब्याजदरमा एकरूपता कायम गर, व्यवसायीमाथिको व्यापार बन्द गर लगायतका नाराहरू लगाउँदै आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।
कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले व्यवसायीहरु मार्कामा परेर आन्दोलित भएपनि राष्ट्र बैंक ब्याजदर घटाउन तर्फ मौन बसेको बताए।कैलालीका उद्योग व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाएका छन्। बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनरत रहेका उनीहरुले आज बैंक तथा बित्तीय संस्थामा पैसा जम्मा नगरेर विरोध जनाउने भएका हुन् ।





