काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको लामिछाने निकट एक नेताले बताए।
माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड र लामिछानेबीच राष्ट्रपतिको चुनाव र चितवन २ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बुझिएको छ। राष्ट्रहितका विषयमा सत्ता गठबन्धनलाई बलियो बनाएर जाने विषयमा पनि छलफल भएको ती नेताले बताए। सर्वोच्च अदालतले नागरिकता विवादमा उनको सांसद पद समेत खारेज गरेपछि लामिछाने नेतृत्वको पार्टी सरकारबाट बाहिरिएका थिए। तर पार्टी ले सरकारलाई दिएको समर्थन भने यथावत राखेको छ । माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न पदाधिकारीको बैठक रोखको छ। दाहाल र लामिछानेको भेटवार्तालाई निकै अर्थपुर्ण तरिकाले हेरिएको छ।

