डडेल्धुरा। डडेल्धुरामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँकी २६ वर्षीया डम्बरीदेवी धामीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूका अनुसार
मंगलबार बिहान घाँस काट्ने क्रममा गड्बड्यानी भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको हो। भीरबाट करिब एक सय मिटर तल खसेकी थिइन्। उनको शवलाई अहिले पोस्टमार्टमका लागि जोगबुडा ल्याइएको प्रहरी निरीक्षक बडूले जानकारी दिएका छन्। धामी गाउँका अन्य महिलासँगै घाँस काट्न गएकी थिइन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


