कैलाली । कैलालीमा कार र बस एक आपसमा ठोक्कीएका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शुक्रवार साँझ कारसँग बस ठोकिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
प्रहरीका अनुसार ना ८ अ ६३६१ नम्बरको बस र प्रदेश ३–०१–०२४ च १३१ नम्बरको कार एक आपसमा ठोकिएका हुन्। बस तथा कारमा सवार यात्रुलाई चोटपटक भने नलागेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । तर कार र बसमा भौतिक क्षति रुपमा भएको जनाइएको छ।


