धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिश्वासको मत पाउनेमा बिस्वस्त रहेको बताएका छन्। आज काठमाण्डौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले आफु बिस्वासको मतका लागी काठमाण्डौँमा गएको भन्ने खवर पाएपनी तर त्यो बास्तविक नभएको बताए।
उनले भने, म सुदुरपश्चिमको एजेण्डाका बारेमा छलफल गर्न आएको हुँ, आफनो कार्यकालमा सुदुरका बिभिन्न बिकासका कुरा राख्न आएको हुँ, उनले भने आज मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यु संग भेट भयो।पहिलो कुरा त म सुदुरका बिकासका एजेण्डाका बारेमा छलफल गर्न आएको बताए। नागरिक उन्मुक्तीका संरक्षक रेशम चौधरी लगायतका राजबन्दी नछुटाएसम्म बिश्वासको मत नदिने भन्ने कुरा आएको छ भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री रावलले भने, मिडियाले के बुझेका छन् मैले यो कुरा बुझेको छैन्, उनले भने। बिश्वासको मत पाउँनेमा ढुक्क हुनुहुन्छ भन्ने प्रश्नमा, म बिश्वासको मत पाउँनेमा बिस्वत छु। मलाई बिश्वास छ, बिश्वासको मत नपाउँनेमा कुनै प्रश्न नै छैन् उनले भने। सुदुरका बिकासका एजेण्डाका बारेमा छलफल गर्न आएको भने।
म यहाँ आफु मुख्यमन्त्री भएपछि परिस्थीतीलाई म्यानेजमेन्ट गर्नुपर्छ, मैले संधिय सरकारका नेतृत्व बर्गलाई भेट्नुपर्छ भनेर आजै भेटेर आए म प्रधानमन्त्रीलाई भेटेर आएर म , उनले भने, सुदुरका पहिचान तथा कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह, निर्माणाधीन महाकाली करिडोर, दैजी–छेला औद्योगिक क्षेत्र, पश्चिम सेती जलविद्युत आयोजना, सिमानाका, सेती लोकमार्ग, गेटा मेडिकल कलेजको बिकास लगायत विभिन्न राष्ट्रिय गौरबका आयोजनाको बारेमा प्रधानमन्त्री दाहालसँग छलफल गरेको बताए । मुख्यमन्त्री रावलले आयोजनाहरुको हालको अवस्था, प्रगति विवरण र थप बजेटका बारेमा पनि प्रधानमन्त्री दाहालसँग कुरा राखेको बताए। त्यसक्रममा प्रधानमन्त्री दाहालले सुदूरपश्चिमबाटै आफूले विकासे आयोजनाहरुको अनुगमन, निरीक्षण गर्ने जानकारी दिएको बताए।‘सम्भवत फागुन १ गते कञ्चनपुरमा हुने औद्योगिक मेलाको उद्घाटन गर्न म आउछु,’ दाहालको भनाइँ उद्र्धृत गर्दै उनले भने, ‘त्यसैक्रममा सुदूरपश्चिमबाटै विकासे आयोजनाहरुको अनुगमन सुरुवात गर्छु’ प्रधानमन्त्रीले भनेका छन्। काठमाण्डौँबाट फर्केपछि मुख्यमन्त्री रावलले विश्वासको मत लिनेछन्। सुदूरपश्चिम प्रदेशमा पुस २७ गते रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


