काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन नभएको भए आमनिर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन्। एमालेको संसदका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गर्दै पार्टी विभाजन नभएको भए दुईतिहाइ ल्याउने दाबी गरेका छन्।
कम्युनिस्ट पार्टीहरु मजबुत भएको समयमा कमजोर पार्ने षड्यन्त्र हुने गरेको भन्दै ओलीले २०१७ साल, २०५१ साल र २०७४ सालपछि शक्तिशाली हुँदा आफूहरूमाथि षड्यन्त्र भएको आरोप लगाए । उनले त्यसबेला पार्टीका नेताहरु जानेर वा नजानेर पार्टी विभाजनमा लाग्ने गरेको पनि बताए। उनले नेकपा हुँदा तत्कालीन अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध ल्याएको १९ बुँदे पत्रलाई त्यस्तै मानेछन्। उनले २०५१ को सरकारलाई ढाल्न सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको प्रयोग गरिएको पनि आरोप लगाए। उपाध्यक्ष उपाध्यायलाई जनविरोधी र प्रतिक्रियावादी भएको पनि उनले आरोप लगाए। विश्वनाथ उपाध्याय भने प्रधानन्यायाधीशबाट हामीमाथि निसाना साँधियो। उनी जनविरोध हुन् र प्रतिक्रियावादी हुन्।
पार्टी लोकप्रिय हुँदा पार्टी फुटाइयो त्यस समयमा कति जानेर भए कति नजानेर भए। पार्टी फुट्यो। दुईतिहाई त्यस समयमा पनि आउने सम्भावना थियो। दुईतिहाइ नभए पनि बहुमत मजाले आउथ्यो, उनले भने, पछि कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गरेर पार्टी एकीकरण गरेर करिब दुईतिहाइ सिट ल्यायौं। अनेक ढंगको षड्यन्त्रले फालेका हामी मूल ढोकाबाट आयौं र सरकार बनायौं र चलायौं। त्यस समयमा पार्टी नफुटेको भए। हामी अझै ठूलो काम गर्दैथियौं गर्थ्यौ होला। अहिले चुनावमा आइपुग्दा दुईतिहाइ भन्दा बढी ल्याउथ्यौं। अहिलेसम्म चुनावमा आइपुग्दा कुनै बाँकी रहने थिएनन्।
उनले चुनावपछि अहिले नयाँ परिस्थिति सिर्जना भएको बताए। अहिलेको स्थिति चुनावपछि जुन परिस्थिति आयो। नयाँ च्याप्टर सुरु भएको छ। मैले विश्वास लिएको छु हिजो कमीकमजोरी गरेका साथीहरूले पनि दोहोर्याउने छैनन् । माओवादीले कांग्रेस बोकेर के भयो। ३६ जितेको थियो १८ मा पुग्यो, उनले भने। कार्यक्रममा ओलीले एमालेसँग छुट्टिएर गएका र आफूहरूलाई चुनावमा टर्च बालेर खोज्नु पर्छ भन्नेहरु राष्ट्रिय पार्टी पनि बन्न नसकेको भन्दै नयाँ समीरकणलाई साथ नदिएको भन्दै आलोचना गरेका थिए ।हिजो अस्ति नेकपा एस भन्नेको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बसेर नयाँ सरकार बन्ने परिवर्तन ठीक छ भन्न समेत सकेको छैन, उनले भने। पार्टी एकताबारे ओलीको भनाइ थियो, जसपासँग पनि पार्टी एकता गर्छु भनेको छ। एमाले र माओवादीसँग पनि एकता गर्छु भनेको छ। एमाले र जसपालाई एकै ठान्छ। बरु नेमकिपाले एक सांसद हुँदा पनि आफ्नो अडान नछाड्ने पार्टी रहेको उनको तर्क थियो । तर एकीकृत समाजवादीले स्पष्ट अडान नराखेको तथा कांग्रेसलाई समेत बोकिराखेको ओलीको टिप्पणी थियो।कान्तीपुरबाट


