नेकपा एकिकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदिय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टी बाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिब दिनेशचन्द्र सुवेदीको उपस्थितीमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्री समेत रहेका सोडारी कैलाली निर्वाचन क्षेत्र ४(१) को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए ।
धनगढी स्थीत प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुर बाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुरा बाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्त लाई सचेतक तोकेको छ ।

