धनगढी। धनगढीस्थीत मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालयमा चोरी भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालय भवनमा चोरी तथा तोडफोड भएको जनाइएको छ। मंगलबार राति चोरी तथा तोडफोड भएको अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन्।
चोरले सबै कोठामा तोडफोड गर्नुका साथै दानपात्र फुटाएर नगद रकम लगेको मालिकार्जुन दार्चुला सेवा समाजका अध्यक्ष महेन्द्रराज पन्तले बताए । उनका अनुसार कार्यालयमा रहेको दराज र दानपात्र फोडेर १५ हजार नगद चोरी भएको छ। यस्तै, भवनको भुइँतलामा रहेको पसलबाट रिचार्ज कार्ड र सामन चोरी भएको समाजका अध्यक्ष पन्तले बताए। तर जिल्ला प्रहरी कार्यालयले कैलालीले भने नगद रकम अझै एकिन नभएको जनाएको छ। घटनाका सम्बन्धमा अनुसान्धान भैरहेको प्रहरीले जनाएको छ।फोटोफिचर हेर्नुहोस



