धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो।एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठककाअनुसार खस आर्यबाट स्वयंम उनीसहितका ७ जनाको नाम टुंगो लागेको छ।
उनकाअनुसार कञ्चनपुरका राजेन्द्र रावल, कैलालीकी सन्तोश शर्मा, कोइलीदेवी चौधरी, बैतडीकी जानकी बम ऐर, डोटीकी निर्मला साउद र हिरा सार्की सूचीमा परेका छन्। प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको छ। यस्तै नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। एमालेको समानुपातिक सूचीमा एकनाथ ढकालदेखि सुनिता बरालसम्म अटाएका छन्। पार्टीले नाम चयन गरेर निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा परेका नेता ईश्वर बहादुर रिजालले जानकारी दिए।
यी हुन् एमालेले चयन गरेका सांसदहरुः
आदिवासी जनजातितर्फः
पुरुषः देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई
महिलाः नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा
खसआर्यतर्फः
पुरुषः रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही
महिलाः मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल
थारुः आश्माकुमारी चौधरी, शान्ति चौधरी
दलितः ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा,रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा
मधेसीः गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया
मुस्लिमः सराज अहमद खान


