धनगढी। नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले विद्युत पूर्वाधारको विषयमा अनुगमन गरेका छन् । धनगढी पुगेका विद्युत प्राधिकरणका प्रमुख घिसिङले धनगढीको एलएनचोक, भन्सार रोड, लगायत मुख्य सडकक्षेत्र दायाँबायाँ रहेका विद्युतका पोल लगायत विद्युत पूर्वाधारको विषयमा अनुगमन गरेका हुन्।
धनगढीमा ‘स्मार्ट स्ट्रिट’ लाइट जडान हुने क्षेत्रको अवलोकनका लागि उनी धनगढी आएका हुन्। यस्तै धनगढी उप महानगरपालिका नगर प्रमुख गोपाल हमालले मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको अनुगमन गराएका छन्। उनले धनगढीको विद्युतको अवस्थाको विषयमा प्राधिकरण प्रमुखलाई जानकारी गराएका छन्। धनगढीको सडक बिस्तारका क्रममा तोडफोड भएको क्षेत्रको समेत उनले अनुगमन गरेका हुन्।
धनगढीको विद्युत व्यवस्थापनको अवस्था बुझेर प्राधिकरण प्रमुख घिसिङ भारतको टनकपुर जान लागेको धनगढी विद्युत वितरण केन्द्रले जानकारी गराएको छ।धनगढीका १९ वटै वडामा विद्युतको ट्रान्सर्फमरको ग्रेडवृद्धि, तारमा अपग्रेड, विद्युत नभएका स्थानहरूमा नयाँ लाईन विस्तार, सव–स्टेसन निर्माण, इलेक्ट्रोनिक गाडी चार्ज गर्न धनगढी उप–महानगरपालिका अगाडि र फूलबरीमा चार्जर स्टेशन र कैलाली पुलदेखि क्याम्पस चोकसम्म अन्डरग्राउन्ड लाईन विस्तारका लागि प्राधिकरण उप–महानगरबिच छलफल भएको बताइएको छ ।