काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुनः मतदान गर्नुपर्ने माग गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका हुन्। मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने बताए । सुरुबाटै त्रुटिहरु देखिएको र खसेको भन्दा धेरै गणना कसरी हुन्छ ?’ खनालले भने।
‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै प्रमाण हो ।’पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । अहिले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी उनले गरेका छन् ।
‘मैले प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरें, उहाँसँग पनि यसको जवाफ छैन,’ ‘अब रिपोलिङको विकल्पै छैन उनले भने।’ यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो ।‘त्रुटि रोकिएन । अब हाम्रा प्रतिनिधिहरुले त्यहाँ हस्ताक्षर गर्दैनन्, त्यो सम्भव पनि छैन’, खनालले भने । पछिल्लो गणनाअनुसार, इलाम-२ मा खनालसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका महेश बस्नेतले अग्रतालाई लिइरहेका छन् ।

