कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी रहेको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको ६५४७ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । जस अनुसार नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले २४३८ मत पाइ अग्रता लिएका छन्।
यस्तै नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवालले १८३४ मत ल्याएका छन्। भने एमालेका उम्मेदवार झपटबहादुर रावलले १६७० मत ल्याएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ९ जना उम्मेदवार प्रतिनिधि सभा सदस्य बन्ने दौडमा छन्।
लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेशकुमार चौधरी, नेपाल लोकतान्त्रि पार्टीका देशराम चौधरी, मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर बुढामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतसिंह बुढाक्षेत्री, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी समाजवादी०का शेखर शर्मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख चार हजार नौ सय ६ मतदाना रहेको क्षेत्र नम्बर २ मा ६० हजार ६ सय २९ मत खसेको छ।


