धनगढी । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्तीका गंगा चौधरी निर्वाचित भएको छन् । यहाँ मतगणनामा सकिएपछि मत परिणाम अनुसार नागरिक उन्मुक्ति पार्टी निर्वाचित भएका हुन् । नागरिक उन्मुक्ति पार्टी गंगा चौधरीले २३ हजार १२० मत ल्याउँदै विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन् । राप्रपाका वीरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशङ्कर चौधरीले ९ हजार ८७४ मत पाएका छन् । यहाँ ६३४४० मत खसेको थियो जहाँ ५९ हजार ७१९ सदर भएको छ भने ४ हजार २१ मत बदर भएको छ ।

