कञ्चनपुर। कञ्चनपुर भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०का कार्यकर्ताबीच कुटाकुट भएको छ । शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट हुँदा २ जना घाईते भएको प्रहरीले जनाएको छ ।
४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर बिष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर बिष्टबीच कुटाकुट हुँदा दुवै जना घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हिक्मतको टाउकोमा चोट लागेको र रतनबहादुरको चिउडोमा चोट लागेको जनाएको छ । अहिले उनीहरुलाई उपचारका लागि धनगढी रिफर गरि ल्याइएको छ । झगडा के कती कारणले भएको सो बारेमा खुलेको छैन् ।


