अत्तरीया : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले भुमिको समस्या समाधान गर्न एमालेको सरकार बन्नु पर्ने बताएका छन । कैलालीको गोदावरी नगरपालिकाका बिभिन्न वडामा घर दलौ तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
उनले भुमिहिन, सुकुम्वासि र अब्यवस्थित बसोवासिको समस्या समाधानका लागि एमालेले जित्न आबश्यक रहेको बताउदै उनले गठबन्धनले जनताको समस्या समाधान गर्न नसक्ने बताए ।
एमालेको सरकार हुदा जनतालाई मार नपर्ने गरि कम राजस्व तिरेर जग्गा वितरण गर्ने योजना बनाएको बताउदै उनले गठबन्धन सरकारले जनतालाई राहत दिनुको सट्टा उल्टै ढाड सेक्ने गरि राजस्व बढाएको आरोप लगाए ।
एमाले सरकारले लालपुर्जा विरतण गर्ने प्रक्रिया सुरु गरेपछि खुसि भएका जनता गठबन्धन सरकारले प्रति कट्टाको लाखौ तिर्नु परेपर्ने बनाएपछि दुखि भएको बताउदै उनले जग्गाको राजस्व तिर्न नसक्ने भएपछि जनतामा निरासा छाएको बताए ।
गठबन्धनका उमेदवार जनतालाई बिभिन्न झुटा आश्वासन दिएर ठगिरहेको आरोप लगाउदै उनले एमाले सरकारले गरेका काम समेत आफुले गरेको भनेर ठगिरहेको बताए ।

