धनगढी : नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा कैलाली ईन्चार्ज नारदमुनी रानाले आगामी निर्वाचनमा बाहिरबाट आएका टुरिस्ट उमेदवारहरुलाई माला खादा लगाएर भब्य स्वागत गर्न आग्रह गरेका छन् । रानाले उहाँहरुको भब्य स्वागत गरेर पठाउन आग्रह गर्दै मत दिने बेला सुर्यमै मत हाल्न आग्रह गरेका हुन् ।
कैलाली क्षेत्र नम्बर ४ मा पार्टी अध्यक्ष केपी सर्मा ओली सहितको उपस्थितीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै रानाले कैलाली ४ संगै अन्य बिभिन्न ठाउँमा टुरिस्ट बनेर उमेदवार मत मागिरहेको बताए । यस क्षेत्रमा उमेदवारनै छैनन् भनेजस्तै बाहिरबाट आएर यहाँको बिकास गर्छौँ भनेर गफ दिने धेरै उमेदवार देखिएका छन् रानाले भने “डोटीमा टिकट नपाएर काग्रेंस सुदूरपश्चिमका सभापति बिर बहादूर बलायर कैलाली ४ मा झरेका छन्, सुनेको छु, राजधानी यतै बनाउँछु रे यहाँको बिकासमा कायापलट गर्छु रे हामीले देखेका छैनौ टुरिस्टले आफ्नो क्षेत्रको बिकास गर्छन की अर्काको ।”
यहाँ मात्रै होइन कैलाली ५ को ख प्रदेशसभामा पनि गठबन्धनले टुरिस्ट उमेदवारनै ल्याएको छ उनले भने “यि टुरिस्ट उमेदवारहरुलाई गाउँ घरमा भब्य स्वागत गर्नुपर्छ र उहाँलाई पराजित गरेर आफ्नै क्षेत्र पठाउनुपर्छ ।” बिकास गर्ने स्थानिय नेताले मात्रै हो उनले भने “धनगढीबाट शेर बहादूर देउवाले समेत जितेका थिए किन बिकास गरेनन् त आँखिर बिकासका लागी हामी जस्तो स्थानिय नेतानै जित्नुपर्ने रहेछ, त्यस कारण बिकासका लागी स्थानिय नेताको बिकल्प नसोच्नुहोला ।”

