धनगढी। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उमेदवार नारदमुनी रानाले आफू निर्वाचित भएको पहिलो बर्षमै नदि तटबन्ध गर्ने बताएका छन्। धनगढी उपमहानगरपालिका वार्ड नम्बर १६ स्थित जलघुसरा केराबारी टोलमा जनताहरुलाइ सम्बोधन गर्दै उनले यश बस्तिमा रहेको चौमाला नदिले गरेको कटान रोक्न तटबन्धका लागि पहिलो बर्षमै बजेट बिनियोजन गर्ने बताएका हुन्।
यश नदि तटबन्ध गर्नका लागि बजेट पठाएपनी पूरा कामका लागि बजेट अपुग भएपछि अन्तै काम भएको उनले बताए। अब आफू पहिलो प्रार्थमिकतामा राखेर तटबन्ध गर्ने उनको भनाइ छ। भुमिहिनको समस्या समाधान गर्न मैले २०७४ सालको निर्वाचनमा भनेको थिए एमालेको सरकार भएको बेला भुमी आयोग गठन गरेर जग्गा धनी पुर्जा दिने प्रक्रिया थाल्यो तर बिचमा हाम्रो सरकार ढालियो र भुमी आयोग नै विघटन गरियो। मलाई झुटो बोल्न आउदैन उनले भने, यहाँ कामपनी गरेको छु, बेहेडबाबा लगायत विद्यालयहरुका भवन बनायौ, बाटो बनायौ, म भन्दा अघि जितेका हरुले के काम गरे र मेरो कार्यकालमा के काम भयो हेर्नुस, बेहडाबाबा मन्दिरमा ५ करोड बजेट छुट्याए हेर्नुस अहिले कति काम भएको छ।
बेहडाबाबाको आशीर्वादले म जिते र सबैको आस्थाको केन्द्रलाई मैले सिगारे उनले भनेूशिवनगरमा सामुदायिक भवन बनायौ, यतै एउटा चर्च भवन बनायौ, सबै केन्द्रले गरोस चाहाना हुन्छ जनताको, तर चार सरकार छन्, सबैले काम गरे देखिन्छ। धनगढीमा हुलाकी सडक हेर्न सक्नु हुन्छ उनले भने ूहिजोका नेताले जितेर गए गफ गरे म निर्वाचित भएपछी ३ सय करोड बढी बजेटको हुलाकी सडक बन्दै छ, खुटिया, उर्मा, भदा हुँदै फुलबारी जोड्ने बाटोमा बजेट हाल्यौ, बेहडाबाबा बाट चौमाला जोड्ने सडक, बन्दै छ हेर्न सक्नु हुन्छ, अनि कसले काम गर्यो त।
हिजो नारदमुनी नेपालु न हुँदा यो बाटो किन बनेन उनले भने, शेर बहादुर देउवा समेत यो क्षेत्र बाट जितेका हुन, म त सानो मान्छे हेर्नुस काम कसको कार्यकालमा भए, अब जितेपछी अरु समस्या म सम्बोधन गर्छु। सघन सहरी कार्यक्रम हामिले सुरु गर्यौ काम कति बन्दै छ हेर्नुस उनले भने वृद्ध भत्ता कसले सुरु गर्यो र अहिले कति भत्ता पुगेको छ तपाई लाई थाहा नै छ । जनताका गुनासा स्वभाविक हुन् उनले भनेूबिचमा कोरोनाका कारण धेरै काम गर्न सकेन होला तर उल्लेख्य काम भएका छन् बाकी काम अब गर्छु। यो सरकार किसान मारा देखिएन उनले भनेून किसानलाइ मल दिन्छ,न धानको मुल्य तोक्छ त्यसकारण देश र जनताका लागि एमाले नै हो, यो देश र जनता लुट्नका लागि मात्र हो।
एमाले सरकारमा हुँदा २ महिना अघि धानको मुल्य तोकेको थियो, गठबन्धनले बल्ल कार्तिक अन्तिममा मुल्य तोक्दैछ उनले भने यो गठबन्धनले जिते ग्यास, डिजल, पेट्रोल, खाने तेल लगायतको दोब्बर मूल्य पुग्छ, त्यस कारण दैनिक गुजारा चलाउन सहज बनाउन एमालेकै सरकार हुनुपर्छ। काङ्ग्रेसको उम्मेदवार लाई सोध्नुस तपाईको क्षेत्रमा कति विद्यालय छन्, कति समस्या छन थाहा हुन्न, उनले भने, अनि स्वतन्त्र बनेका पुस्करनाथ ओझालाई सोध्नुस २०७० मा जितेर के के काम गर्नुभयो भनेर, मैले त आफ्ना गरेका काम देखाउदै छु नि।


