कैलाली क्षेत्र नम्बर ५ मा एमालेको तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार नारदमुनी राना प्रदेशसभा ख का उमेदवार दुर्गा प्रसाद जोशी लगायतका एमाले नेताहरु सहभागी थिए धनगढी ५ जाइमा आयोजित चुनावी कार्यक्रममा । नेताहरुले सो कार्यक्रमलाई सम्बोधन थरे । एमालेका एजेण्डा र कैलाली क्षेत्र नम्बर ५ बनाउने एजेण्डा उमेदवारहरुले प्रस्तुत गरे ।
करिब ५ सय जनाको उपस्थितीमा थारु भाषामा एमाले जिताउ नामक गित घन्क्यो । थारु कलाकारहरुले गित संगै नृत्य गरिरहेका बेला कैलाली ५ का उमेदवार नारदमुनी राना, ख प्रदेशसभाका उमेदवार दुर्गा प्रसाद जोशी, समानुपातिक उमेदवार सन्तोश थापा लगायत नेताहरु सो गितमा झुमे । देशको सम्बृद्धीका लागी एमाले जिताउ नामक गितमा नेता तथा सहभागी सबै आम नागरिक तथा मतदाताहरु समेत झुमे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कैलाली ५ बाट प्रतिनिधीसभाका उमेदवार नारदमुनी रानाले देश जोगाउनका लागी एमाले रोज्नुपर्ने बताए । हामी कसैको स्वार्थका लागी आह्वान गरिरहेका छैनौ उनले भने “यहाँ देश रहने या नरहने स्थिती सिर्जना भइसकेको छ, देश जोगाउनका लागी एमाले रोज्नुपर्ने बेला आएको छ जनता सबै शिक्षित हुनुहुन्छ ख्याल गर्नुहोला ।”
देशको ढुकुटी रित्याएर गठबन्धन सरकारले कंगाल बनाइसक्यो उनले भने “अबपनि त्यही गठबन्धन रोज्ने हो भने न देश रहन्छ न हाम्रो स्वाभिमान ।” प्रदेशसभा सदस्यका उमेदवार दुर्गा प्रसाद जोशीले यहाँको बिकास र सम्बृद्धीका लागी एमाले रोज्नुपर्ने बताए । सुदूरपश्चिमको शानका रुपमा रहेको गेटा मेडिकल कलेज स्थापना, हरेक पालिकामा अस्पतालको योजना, सबै वडासम्म सडक सञ्जाल लगायतका योजना एमाले सरकारकै पालामा आए उनले भने “कास जनताले देख्ने गरी एमाले सरकारकै पाला भएको छ, फेरीपनि ति सपना साकार गर्न एमालेकै सरकार आवश्यक छ देश बनाउन एमाले रोज्नुपर्छ ।”

