धनगढी। नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरीले परिवार दल र नकपा एमाले मंसिर ४को निर्वाचनमा निश्वार्थ भावानाकासाथ अगाडी बढ्ने बताएका छन् । शुक्रबार बिहान सुदूरपश्चिम प्रदेशमा एमालेका अध्यक्ष केपि शर्मा ओली स्वागत गर्दै सो कुरा बताएका हुन्।
ओली आसन्न मंसिर ४ गतेको निर्वाचनका लागी सुदुरपश्चिम प्रदेशमा चुनावी अभियान सम्बोधन गर्न बिहीबार साँझ धनगढी पुगेका थिए। परिवार दल सुदूरपश्चिम प्रदेश सयोजक नागरीले ओलीलाई सुदूरपश्चिम प्रदेशमा स्वागत गरेको र ओलीसँग १० मिनेट राजनीतिक सम्बन्धि छलफल र भेटघाट भएको बताए। छलफल र भेटघाटमा नेता नागरीले नेकपा एमालेलाई २०७४ सालको निर्वाचन देखि निस्वार्थ भावनाले निर्वाचनमा सहयोग गरेको बताए।
उनले भने, हामी नेकपा एमालेको साथमा छौ, र प्रदेशको निर्वाचनमा हाम्रो पार्टीको पुर्ण सहयोग रहेको नेता नागरीले बताए। यस्तै एमाले अध्यक्ष केपि ओलीले परिवार दलका सयोजक नेता खडक नागरीलाई पनी साथमा रहेको बताएका छन्। अध्यक्ष ओलीले परिवार दलका साथीहरूलाई धन्यवाद दिएका थिए। ओलीले आज बिहान दार्चुला पुगेका छन् । ओलीको सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ। ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन्।

