कैलाली। कैलालीको टीकापुरमा लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका–८ बाट लागुऔषधसहित एक जना युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ चौगुर्दी बस्ने २० वर्षीय सञ्जय लुहार रहेका छन्।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो। लुहारको साथबाट १४४ ट्याबलेट नाईट्रोभेटसहित बुधबार साँझ पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ। पक्राउ परेका उनीमाथी थप अनुसन्धान भैरहेको जनाइएको छ।


