कञ्चनपुर। कञ्चनपुरमा बहुविवाह सम्बन्धी मुद्दामा फरार रहेका पुरुष पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विवाह सम्बन्धी कसुर मुद्दामा डेढ वर्ष कैद फैसला भई फरार रहेका वेदकोट नगरपालिका-४ बैतडा बस्ने अन्दाजी २७ वर्षीय सुरेश लुहार पक्राउ परेका हुन्।
कञ्चनपुर जिल्ला अदालतले उनलाई २०७७ माघ २९ गतेको फैसलाले १ वर्ष ५ महिना २९ दिन कैद सजाय सुनाएको थियो।प्रहरी टोलीले लुहारलाई बुधबार आफ्नै घर ठेगाना नजिक लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। उनलाई कञ्चनपुर जिल्ला अदालत पेस गरी अदालतबाट कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


