कञ्चनपुर। नेपाली कांग्रेस कञ्चनपुरले १५ जना नेता तथा कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ। नेपाली कांग्रेस कञ्चनपुर अनुसाशन समितीले सोमबार एक बिज्ञप्ती जारी गर्दै १५ जनालाई पार्टीबाट निष्कासित गरेको जनाएको छ।
कांग्रेसका आधिकारिक उम्मेदवार र समर्थन गरेका वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र तिनका समर्थक, प्रस्तावकलाई कांग्रेसले कारबाही गरेको हो। कांग्रेसको विधानको परिच्छेद ९ को धारा ३४ को १ (घ) बमोजिम साधारण सदस्य समेत नरहने गरी १५ जनालाई पार्टीबाट निष्कासित गरिएको जिल्ला अनुशासन समिति संयोजक नाफुसिंह साउदद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
कारबाहीमा पर्नेमा भीमदत्तका दीपकबहादुर सिंह, शारदा चन्द, दुर्गादत्त पाण्डेय, मदन दमाई, पिताम्बर जोशी र बेदकोटका नारायण बोहरा रहेका छन्। यस्तै, शुक्लाफाँटाका वीरबहादुर बोहरा, दिल्लीराज पनेरु, जगदिश अवस्थी, मोतिराम राना, सञ्जिवसिंह राना, कृष्णपुरका गिरीराज पाण्डेय, खेम चौधरी, दोधारा चाँदनीका धनबहादुर शाही र पुनर्वासका जगत सायर पनि कारबाहीमा परेका छन्। कारबाहीमा परेकामध्ये भीमदत्तका दीपक र शारदा कञ्चनपुर–३ मा रमेश लेखकविरुद्ध ‘बागी’ उठेका छन्।कांग्रेस कञ्चनपुरको अनुशासन समितिका संयोजक नाफुसिंह साउदले पार्टीको विधानको परिच्छेद ९ को धारा ३४ को १ (घ) बमोजिम साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी दिए । यस्तो छ बिज्ञप्ती 


