धनगढी : पिकनिक खान गएका कैलालीर्का एक किशोरको खोलामा डुवेर मृत्यु भएको छ । कैलालीको धनगढी उप महानगरपालिका १ शन्तोसीटोल बस्ने अन्दाजी १६ बर्षिय आर्यन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आर्यन सहित ११र१२ जनाको टिम पिकनिक खान गएको र उनि पौडी खेल्ने क्रममा बेपत्ता भएपछि अस्थाई प्रहरी पोस्ट ओलानी र इलाका प्रहरी कार्यालय मालाखेतीको टिमले खोजतलास गर्दा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेद प्रकाश जोशीले जानकारी दिए ।
दिउँसो ३ बजेर २५ मिनेटमा लामाको शव मछेली खोलाको तालमा मृत फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए ।

