धनगढी। प्रधानमन्त्री देउवासहित गठबन्धनका नेता धनगढीमा पुगेका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् ।
सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल,कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु धनगढी पुगीसकेको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए। साथै सुदुरपश्चिम प्रदेशका सत्ता गठबन्धनमा आवद्य नेता तथा कार्यकर्ताको उपस्थीती रहने जनाइएको छ। धनगढी स्थीत ओमपार्टि प्यालेसमा चुनावी सभा सम्बोधन सुरु भएको जनाइएको छ ।

