धनगढी। कैलालीको अत्तरियास्थीत बसपार्कमा एक जनाको शव फेला परेको छ। गोदावरी नगरपालिका– २ अत्तरिया बसपार्कमा शनिबार बिहान ११ बजे प्रतिक्षालयको पेटीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले निलो जिन्स पाइन्ट, निलो रङको सर्ट, तालु खुइलिएको, मंगोलियन मुलुक जस्तो देखिने पुरुष रहेको बताए । उनले अन्दाजी ५५/६० वर्षीय ती पुरुषको पहिचान नभएको बताए । उक्त शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको जनाइएको छ ।


