धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीले कैलाली क्षेत्र नम्बर ५ मा घरदैलो अभियान शुरु गरेको छ । धनगढी उप महानगरपालिका वडा नम्बर १३ का हिमर्त राना ज्येष्ठ नागरिकबाट मत माग्दै घरदैलो अभियान शुरु गरेको पार्टीले जनाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधी सभाका लागी उमेदवार रहेका इश्वरी बिष्ट र समानुपातिक उमेदवार जसु कुमारी भट्ट लगायत नेताहरुले ज्येष्ठ नागरिक रानालाई मत माग्दै घरदैलो अभियानको शुभारम्भ गरेका हुन् ।
आजबाट शुरु भएको घरदैलो अभियान कैलाली क्षेत्र नम्बर ५ का २१ वटै वडाहरुमा पुग्ने पार्टी धनगढी नगर सभापति समेत रहेका प्रतिनिधीसभा उमेदवार बिष्टले बताए । यस पटक देशभरीनै परिवर्तनको आवाज उठिरहेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा सबै जनताले मतदान गर्ने बिष्टको दावी छ । देशमा रहेका पुराना दल र नेताहरुले देशलाई भ्रस्टाचारको अखडा बनाएका कारण अब भ्रस्टाचार अन्त्यका लागी राष्ट्रिय स्वतन्त्र पार्टी एक मात्रै बिकल्प रहेको उनले बताए ।

