काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उनी आफैं उपस्थित भएर आइतबार दिउँसो झापा क्षेत्र नं. ४ का लागि मनोनय दर्ता गराएका हुन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार थिए ।उनी दलबलसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। ओली अघिल्लो निर्वाचनमा पनि झापा–५ बाटै निर्वाचित भएका थिए।

