धनगढी : कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । कैलालीको गौरिगंगा नगरपालिका ५ मा श्रीमानले श्रीमतीको हत्या र छोरीलाई घाइते बनाएर फरार भएका हुन् । गौरिगंगा नगरपालिका वडा नम्बर ५ का शेर बहादूर नामजाली मगरले आफल्नै श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका अनुसार बुधबार मात्रै भारतबाट आएका शेर बहादूरले बिहिबार अर्थात आज बिहानै श्रीमतीको हत्या र छोरी घाइते बनाएर फरार भएका हुन् । शेर बहादूरले आफ्नै छोरी लक्ष्मी नामजाली मगलाई घाइते बनाएको प्रहरीले बताएको छ । उनको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

