अछाम। अछाममा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्। अछामको कमलबजार नगरपालिका ६ हात्तीबाँझका ४९ वर्षीय दीप्तप्रकाश शाही खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शाही अछाम कमलबजार- ६ कै बुँदेखोलामा मंगलबार बिहान साढे ११ बजेतिरको समयमा मृत फेला परेका हुन्। उनी पूर्व जनमुक्ति सेना पनि रहेको बताइएको छ। भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।