धनगढी : अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको छ । अछाममा अविरल बर्षासँगै आएको पहिरोमा परी तिनै पालिकाका गरी मुत्यू हुनेको सङ्ख्या २२ जना पुगेको हो ।
बाढी पहिरोबाट अछाममो ठुलो जनधनको क्षती भएकोमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले दुख ब्यक्त गरेको छ । प्रदेश अध्यक्ष दामोदर भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बाढी पहिरोबाट ज्यान गुमाउनुहुने प्रती श्रदान्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
पार्टीले बिज्ञप्ती जारी गर्दै विपद प्रभावित क्षेत्रको बेपत्ताहरुको खोजी तथा उद्धार एवं प्रभावितहरुका लागि राहत कार्यमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गरेको छ । साथै उद्धार र राहत उपलब्ध गराउनमा सहयोग गर्न पार्टीका नेता तथा कार्यक्रताहरुलाई समेत पार्टी प्रदेश कमिटिले आग्रह गरेको छ ।