सुदूरपश्चिम प्रदेश सरकारले दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद पुनर्गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्दै पुनर्गठन गरेको हो। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरेको हो।
उनीहरूले पद तथा गोपनीयताको शपथग्रहणसमेत गरेको छन् ।यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी एमाले प्रवेश भएपछि उक्त रिक्त स्थानमा सुशीला बुढाथोकीलाई नियुक्त गरिएको हो ।सोडारी र बुढाथोकी राज्यमन्त्री बनेसँगै एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै प्रदेशसभा सदस्यहरू मन्त्री र राज्यमन्त्री बनेका छन् ।


