धनगढी। धनगढीमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने २४ वर्षीय विशाल थापालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो। बझाङको छविस पाथिभरा गाउँपालिका ४ घर भएका उनी धनगढी १ पुष्पलाल चोक डेरा गरी बस्दै आएका छन्।
७ ग्राम २६० मिलिग्राम ब्राउन सुगरसहित उनलाई मंगलबार राति पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ। उनी माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।


