धनगढी। धनगढीमा एक व्यक्तिको घरमा भारतबाट चोरिएको ८ लाख भारु रकम भेटिएको छ। धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम भेटिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सोही वडाको फूलबारीका १८ एफ (F) गाँउबस्ने ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको बताए।
घरको गहुँ राख्ने भकारीभित्र बाल्टीमा लुकाई राखेको अवस्थामा (५०० का १६०० थान) ८ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको उनले बताए। उक्त रकम भारतबाट चोरी गरि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकोले त्यो अनुसन्धानपछि मात्रै खुल्ने बताए । भारतको मुम्बईमा काम गर्दै आएका विक केहीदिन अघि मुम्बईबाट घर फर्किएको प्रहरी नायब उपरीक्षक जोशीले बताए।स्थानिय जनप्रतिनधीको खवरपछि प्रहरीले उक्त रुपैयाँ लुकाएको घटनाबारे जानकारी पाएको थियो । विकलाई अहिले पक्राउ गरिसकेकोले जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइदै गरेको प्रहरीले जानकारी दिएको छ।


