कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखु खेतीमा रेड रड(रातो सडन) रोग समस्या देखा परेको छ । किसानले ६० विघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो । पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए ।
“किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ” उनले भने, “अरु किसानको १० प्रतिशत देखि ८० प्रतिशत सम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ २३८ र सिओ २०८ जातको उखुमा रोग बढी देखा परेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पुरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्ध समेत आउछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो” शाखा प्रमुख भट्टले भने, “यसको रोकथामका लागि किसानलाई ढुसिनासक विषादी उपलब्ध गराउने कार्य भैरहेको छ ।” चिनी मिलले समेत किसानलाई सल्लाह संगै विषादी उपलव्ध गराएको छ ।
उखु खेती गरेका किसान कर्मु रानाले उखु बालीमा रेड रड नामक रोगले नोक्सानी गर्न थालेको बताए। “उखु खेती गरिएको पाँच विघा जग्गाको धेरै ठाउमा रोग देखा परेको छ” उनले भने, “रोगबाट उखु जोगाउनका लागि ढुसिनासक बिषादी छर्कने कार्यमा जुटेको छु । रोपेको १० प्रतिशतमा रोग देखिएको छ ।” अर्का किसान भम्टा रानाले तीन विघा जग्गामा उखु खेती गरिएको मध्ये एक विघा जग्गाको उखु रोगका कारण पुरै सुकेर नोक्सानी भएको बताए । “ऋण लिएर उखु खेती गरेको थिए” उनले भने, “उखु रोगका कारण सुकेपछि रु तीन लाख बढीको नोक्सानी व्यहोर्नु परेको छ ।”
“शुरुआतमै रोग लाग्न लागेको बेला ढुसिनासक विषादी छर्किए यसले नियन्त्रण गर्छ” उखु किसान असारे वडाकले भने, “रोग लागि सकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।” व्यापक रुपमा रोग फैलिएकाले उखु काटिदा सम्म निकै नोक्सान पुर्याउने उनले बताए । अहिले सम्म १५० किसानले रोपेको उखु बालीमा नोक्सानी भएको छ । यसबाट उनीहरुले रु ५० लाख बढीको नोक्सानी व्यहोरेका छन । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पुर्याउँछ ।“उखुकोे पातमा सेतो धब्बाहरू देखिने, सुक्ने, डाँठ सानो र खुम्चिने हुन्छ”, उनले भने, “उखुको भित्र–भित्र कुहिदै जान्छ । बेलैमा रोगको पहिचान भए उखुलाई रोग लाग्नबाट बचाउन सकिन्छ ।” उखु रोप्दा बीउलाई उपचार गरेर मात्रै रोप्नुपर्ने उनले बताए । बेलौरीका ८० प्रतिशत बढी किसानले उखुखेती गर्दै आएका छन् ।उखुमा लाग्ने रातो रोगका लक्षण र समाधानका उपाय
काठमाडौं । हामी चिनी खान्छौ । त्यसको स्रोत के हो रु, हामी सख्खर खान्छौ त्यसको स्रोत केहो रु त्यतीमात्र होईन हामीले खाने हरेक गुलियो खानेकुराको स्रोत भनेको उखुु नै हो । चिया पिउछौ, सरवत पिउछौ र मिठाई खान्छौ । यी सबै कुरामा गुलियो नहुने हो भने त्यो खानलायक हुदैन । यी सबै कुराहरुको स्रोत भनेको उखुनै हो ।तर यस्तो फलदाई उखुमा अनेक रोग लाग्न सक्छ । त्यो मध्ये आज हामी उखुमा लाग्ने रातो रोग, त्यसका लक्षण र समाधानको उपायबारे जानकारी दिन्छौँ ।
रातो रोगका लक्षण > यो रातो रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पुर्याउछ । यो रोगको बेलैमा उपचार गरिएन भने उखु ठूलो भएर काट्ने बेला सम्म पनि यो रोग लाग्ने गर्दछ ।उखुकोे पात रातो हुने, डाँठ सानो र खुम्चिएजस्तो हुने यो रोगको बाहिरबाट हेर्दा देखिने लक्षण हो । तर, यो रोग उखुको बाहिर मात्रै लाग्दैन् । यो रातो रोगले उखुको भित्र–भित्र सम्म पनि नराम्रोसँग असर गरिराखेको हुन्छ । उखुभित्र भने कुहीने, रातो भएर कुहीएको ठाउँमा सेतो–सेतो धर्सा देखिे हुन्छ । यसले उखुको बोट कमजोर भएर लड्ने र कम तौल हुने गर्दछ ।यो रोग मोर्डन र खुट्टी जुन उखुमा पनि लाग्न सक्छ ।यो रोग लागेको उखु बाहीरै बाट हेर्दा प्रष्ट नै चिनिन्छ । चिरेर हेर्दा पनि नमिठो गन्ध आउँछ । यो रोगले किसानहरुलाई धेरै मारमा पार्ने गरेको छ ।तर यो रोग भने फेरी किसानले बेलैमा ध्यान पुर्याउन नसक्नाले मात्र लाग्ने गर्दछ ।यो रोगलाई बेलैमा पहिचान गर्ने हो भने यो रोग लाग्नबाट उखुलाई बचाउँन सकिन्छ ।
समाधानको उपाय>यदी उखु रोपी सकेपछि यो रोग देखिएमा तुरुन्त रोगी बोटलाई नष्ट गर्नुपर्दछ । रोगी उखु रोप्दापनि यो रोगको प्रकोप हुन सक्छ ।त्यसैले उखु रोप्दा एकदमै होसियार पूर्वक राम्रो निरोगी उखुको छनोट गरेर प्राविधिकको सल्लाह अनुसार रोप्नुपर्छ ।उखुको बिउको लागी गुल्ली तयार गर्दा फेदको चार आँख्ला जति प्रयोग गर्नु हुदैन । टुक्राउदा खेरी आँख्ला भन्दा एक ईन्च माथि धारीलो औजारले एकै पटकमा छिन्ने गरी काट्नुपर्छ ।उखु रोप्ने क्रममा उखुको वीउ टुक्राएर ५० डिग्री सेन्टिग्रेडको तातो पानीमा २ घण्टा वा ५४ डिग्री सेन्टिग्रेड आद्रवायुले ४ घण्टासम्म त्यतिकै राखी वेभिस्टीनको झोल ९एक ग्राम प्रति लिटर पानीमा० वा डाइथीनियम ४५ ९२।५ ग्राम प्रति लिटर० पानीको झोलमा डुबाई उपचार गरी रोप्नु पर्दछ ।


