कैलाली। एक थान बरुवा बन्दुक सहित कैलालीमा युवक पक्राउ परेका छन् । कैलालीको धनगढी वडा नं।१५ बाट १ थान बरुवा बन्दुक सहित १ जना पक्राउ परेको प्रहरीले जनाएको छ । घरमा लुकाइ छिपाइ राखेको अवस्थामा १ थान बरुवा बन्दुक सहित धनगढी उप–महानगरपालिका वडा नं.१५ उर्मा बस्ने ज्ञानी राना पक्राउ परेका हुन् ।
बिषेश सुचनाको आधारमा घरमा लुकाई–छिपाई राखेको भरुवा बन्दुक १ थान ,यसमा प्रयोग हुने गन्दक ८०० ग्राम, बारुद १०० ग्राम, छर्रा १२ पिस र बदेल जस्तो देखिने जंगली जनावरको मासु ३ किलो ५०० ग्राम सहित बस्ने ५५ बर्षिय रानालाइ पक्राउ गरेको प्रहरीले बताएको छ । रानालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


