धनगढी : आज मात्रै नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेका नेकपा एमालेका पुर्व अध्यक्ष रतन थापालाई नेकपा एमाले कैलालीले साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरेको छ । नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशीद्वारा हस्ताक्षरित पत्रमा थापालाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको जनाएको छ ।
पार्टी बिधानको धारा ८१ को उप धारा १ बमोजिम थापालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको पत्रमा उल्लेख छ । थापा संगै उनकी पत्नी तथा लम्की चुहा नगरपालिकाकी निबर्तमान उप प्रमुख टिका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पुर्ण साउँदलाइपनि पार्टीले निश्कासन गरेको जनाएको छ ।
थापालाई स्थानिय तह निर्वाचनमा आफ्नै उमेदवार हराउन भुमिका खेलेको भन्दै एमालेले कैलाली जिल्ला कमिटिको अध्यक्षबाट हटाएको थियो ।

