धनगढी : धनगढीमा मोटरसाइकल दुर्घटना भएको छ ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धनगढी उप महानगरपालिका ३ चटकपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । से २ प ५२८२ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइलमा सवार डोटीको जोरायल गाउँपालिका १ का २८ बर्षिय चित्र मडैको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मडैलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा चालक जोरायल–१ कै २१ वर्षीय सन्तोष मल्ल घाइते भएका र उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।