धनगढी। नेपाल भारतमैत्री संघ कैलालीको अध्यक्षमा राजिव गुप्ता निर्विरोध चयन भएका छन। शनिबार भएको संघको चाथौं साधारण सभाले गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संघको सदस्यमा सुभाष बडाल, रतन खाती, रमेश फुलारा, गिता कुमार गौतम, जफर शिद्धिकी, शुभशंकर ठाकुर, उमेश कुमार श्रेष्ठ, राकेश गुप्ता, सुबोध कुमार ठाकुर, मनोज अग्रवाल र पिताम्बर ठाकुर चयन भएका छन । संघले पहिलो बैठकमा नौ सदस्य मनोनित गर्ने जनाईएको छ। संघको सभाको केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुर समुदघाटन गरेका थिए ।



