धनगढी। धनगढी उपमहानगरपालीकामा रहेका छाडा पशुचौपायाको उपचार गरिन थालिएको छ । धनगढी उपमहानगरपालीकाका मेन सडक तथा साखा सडकमा रहेका छाडा पशुचौपायालाई गाडी तथा सवारी साधनले हानेर घाईते भएका पशुचौपायाको उपचार गरिन थालिएको हो।धनगढी ३ गौसालाका उपाध्यक्ष चेतराज अबस्थि (यसपाल)ले गाडीले हानेर घाईते भएका गाइहरुको उपचार गरीरहेको बताएका छन्। उनले भने यस भन्दा अघि कयौँ गाईहरु उपचार गरीसकेको बताए।
धनगढी उपमहानगरपालीका ६ लेनको बाटोमा गाडीले हानेर घाइृते बनाएका घाईते गाइहरुलाई गौसालामा ल्याएर भेटनरीमा ओजिटी गर्नेहरुबाट उपचार गराइरहेको छु उनले भने, उपचारपछि केही सञ्चो भएका छन्, केही भने उपचार गराउँदा सन्चो नहुने अवस्थामा पुगेका छन्। उनले भने, अहिलेसम्म ३६ गाईको उपचार सेवा गरेको बताए। बिभिन्न सामाजिक अभियान्ताको सहयोग, दानदाता तथा उपचारमा सहयोग गर्ने ओजेटीका भाई बहीनी तथा सबैको साथ र सहयोग अनुसार उपचार तथा गौसालामा सेवा गरिरहेको बताएका छन्। उनले थपे, सकेको जती गाईहरुको सेवामा समय दिईरहेको बताउँदै सहयोगीलाई धन्यवाद ब्यक्त गरेका छन्। यस्तै धनगढी ३ का वडा अध्यक्ष राज बहादुर ऐरले पनि घाइते गाइहरु लागि आफ्नो विशेष सहयोगको प्रतिबद्धता जनाएका छन् ।


