धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १४ गते शनिवार धनगढी आउने भएका छन । लमिछाने पार्टीको सुदुरपश्चिम प्रदेश भेला गर्न धनगढी आउने भएका हुन । शनिवार १२ बजेर ३० मिनेटमा ओम पार्टी प्यालेसमा कार्यक्रम रहेको बताएको छ ।
उनले पार्टिको आधिकारिक फेसबुक पेजमा लेखेका छन् भ्रष्टाचारले गलेको थितिलाई सत्कर्मले ठड्याउनु छ । सिंहदरबारलाई जनदरबार बनाउनु छ । अब घाम अस्ताउने होइन, परिवर्तन उदाउने सुदूरपश्चिम बनाउनु छ । यो कठिन तर सम्भव यात्रामा सधैं यसरी नै साथ दिइरहनुहोला । परिवर्तन हाम्रै पालामा सम्भव छ ।



