धनगढी : केही समय कम्युनिस्टमा लागेका धनगढीका ब्यवसायी राजेश भण्डारी फेरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा जान लागेका छन् । बिगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रहेका भण्डारी नेकपा एमालेमा प्रवेश गरेका थिए । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटि सदस्य बनेका भण्डारी माओवादी र एमाले मिलेर बनेको नेकपामा प्रदेश कमिटि सदस्य तथा उधोग बाणिज्य बिभाग प्रमुख समेत रहेका थिए । त्यसपछि नेकपा फुट्दा केपी ओली समुहको केन्द्रिय सदस्य समेत बनेका भण्डारी एमाले फुटेपछि नेकपा एकिकृत समाजवादी पार्टी तिर लागेका थिए ।
भण्डारीले आज नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता राष्ट्रघाति सम्झौता गर्दै दलहरुले देशको अस्तित्व नै संकटामा पर्ने काम गरेको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
‘हिन्दुराष्ट्र नेपालको पहिचान हो, जनताको चाहना पनि नेपाललाई हिन्दु राष्ट्र रहिरहोस् भन्ने चाहन्छन्,’ भण्डारीले भने, ‘धर्म संस्कृतिको जर्गेना गर्ने काममा दलहरुको ध्यान छैन, तर जनताको चाहना विपरित दलहरु नागरिकता विधेयक, एमसीसी जस्ता देशको अस्तित्व समाप्त पार्ने राष्ट्रघाति सम्झौता धमाधम गर्न थालेपछि त्यसता पार्टीमा नबस्ने निर्णय गरियो ।’
उनले दलहरु आफ्नो स्वार्थका लागि गठबन्धनमा रुमलिएका तर देश र जनताका लागि जिम्मेवार बन्न नसक्दा नागरिकमा उनिहरुप्रति आक्रोस बढ्न लागेको बताए ।
‘देशमा भ्रष्ट्राचारको वेथिती छ, महंगिले जनताको ढाड सेकेको छ,’ उनले भने, ‘राजनीतिक दलहरु विदेशीलाई नागरिकता दिन र विदेशीका चाहना पुरा गर्न देशलाई वेच्न पनि तयार भइरहेका देखिन्छन्, यस्ता दल र नेतालाई सवै देशभक्त नागरिकले एक्ल्याउनु पर्छ, हैन भने नेपालको अस्तित्व शंकटमा पर्ने निश्चित छ ।’
पार्टी परित्याग गरेका भण्डारी ११ गते राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न लागेका छन् । अबको बिकल्प राजेन्द्र लिङ्देल मात्रै हुन उनले भने “म लगायत हाम्रो ठुलो टिम राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दैछौँ ।” उनका अनुसार नेकपा एकिकृत समाजबादी पार्टीका प्रदेश कमिटि सदस्य रोम स्वार, नेपाली कांग्रेसका प्रदेश प्रतिनीधि सम्राट ठकुरी, विवेकशिल साझा पार्टीका प्रदेश कमिटि सदस्य एवं प्रक्ता दानबहादुर रावल लगायतका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न लागेका हुन् ।

