धनगढी : प्यारालाइसिसबाट पिडित बनेका धनगढीका राजकुमार चौधरीलाई नेपाल अटो मेकानिक्स ट्रेड युनियन धनगढी नगर कमिटिले आर्थिक सहयोग गरेको छ । पुर्व चालक तथा नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका सदस्य चौधरीलाई बस चालक अनुमतीपत्र नविकरण तथा औषधी उपचारका लागी युनियनले आर्थिक सहयोग गरेको हो ।
२०७४ सालमा नवलपरासीमा ट्रक दुर्घटना पछि प्यारालाइसिस भएका राजकुमार चौधरी अशक्त बनेपछि उनले चालक अनुमतीपत्र नविकरण गर्न पाएका थिएनन् । दुर्घटनापछि बिर अस्पतालमा उपचार गराएपनि उनलाई प्यारालाइसिस भइसकेपछि उनि अशक्त भएर घरमै बसेका थिए ।
२०७६ मा नविकरण गर्नुपर्ने चालक अनुमतीपत्र आर्थिक अभाव, र प्यारालाइस ले नविकरण गर्न नपाएको चौधरीले बताए । नविकरणका लागी ८१०० रकम नेपाल अटो मेकानिक्स ट्रेड युनियन धनगढी अध्यक्ष सुमित श्रेष्ठ, नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रकाश गैह्रे, केन्द्रिय सचिव गोपाल केसी, जिफन्ट सुदूरपश्चिम प्रदेश सदस्य, अर्जुन न्यौपानेले प्यारालायसिस पिडितराजकुमार चौधरी लाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
दुर्घटना भएका बेलापनि १६५०० रकम चौधरीलाई सहयोग गरेको बताउँदै नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रकाश गैह्रेले नेपाल अटो मेकानिक्स ट्रेड युनियन यस्ता समस्यामा सहयोगका लागी तल्लिन भएको बताए ।
रकम हस्तान्तरण गर्दै गैह्रेलेभने “मजदूर हरुको संगठन आर्थिक रुपले सबल त हुँदैनन्, हामी आफै आर्थिक अभावमै छौँ तर मजदूरहरुबाटै सहयोग रकम संकलन गरी समस्यामा भएका मजदूरलाई सहयोग गरेका हौँ ।” मजदूरहरुलाई धेरै सहयोग गर्न नसकेपनि मजदूरहरुकै सहयोगमा केही सहयोग गरेको उनले बताए ।
सहयोग रकम बुझ्दै चौधरीले औसधी खान समेत पैसा न भएकोले चालक अनुमतीपत्र नविकरण गर्न नपाएको बताए । लाइसेन्स नविकरण तथा औषधी उपचारका लागी नेपाल अटो मेकानिक्स ट्रेड युनियनले सहयोग गर्दा धेरै राहत पुगेको भन्दै चौधरीले धन्यबाद दिए ।

