धनगढी। धनगढी उपमहानगरपालिका ३ भाटभटेनी अगाडि जीपले गोरुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। धनगढीबाट अत्तरिया तर्फ गइरहेको से१ज ८९० नम्बरको बलेरो जिपले भाटभटेनी अगाडि छाडा गोरुलाई ठक्कर दिदा गोरुको घट्नास्थलमा नै मृत्यु भएको हो।
बझाङ्ग तलकोट गाउँपालिका ५ बस्ने २२ वर्षीया राम संत्यालले चलाएको से१ज ८९० नम्बरको बलेरो जिपले छाडा गोरुलाई ठक्कर दिएको थियो । दुर्घटनामा जिपमा सवार बझाङ्ग तलकोट ५ का २४ बर्षीय आकाश मल्ल घाइते भएका थिए। उनको मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। मल्लको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र जिप र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिएका छन् ।


